ग्राहकहरूको उत्कृष्ट साझेदार हुनका लागि उत्पादनहरूदेखि सेवाहरूसम्मका सबै पक्षहरूमा निरन्तर नवीनता र सुधार गर्ने विश्वास इन्स्योरेन्सले गरेको छ । यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालले बताइन् । उनकाअनुसार, यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ ।
यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ । यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् । ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ ।
यात्रुले बीमा अवधिमा दुर्घटना भएमा १० हजार रुपैयाँसम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् ।