सञ्चालकहरुको खाता बिवरण पठाउन राष्ट्र बैंकको निर्देशन


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
सञ्चालकहरुको खाता बिवरण पठाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सबै बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको खाता बिवरण पठाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । मौद्रिक व्यवस्थापन बिभागले आइतबार सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सूचना जारी गर्दै खाता सञ्चालकहरुको खाता विवरण पठाउन निर्दैशन दिएको हो । 

निर्देशनमा भनिएको छ– यस बिभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबार अन्र्तगतका सुविधा लिनुहुने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले उपरोक्त सुविधाका लागि खाता सञ्चालकहरुको हस्ताक्षर सहितको विवरण तथा प्रमुख कार्यकारी अधिकृत र टे«जरी प्रमुखको सम्पर्क नं (मोवाईल नंम्बरं) साथै इमेल ठेगानासहितको जानकारी यथाशीघ्र बिभागमा पठाउन निर्दैशानुसार अनुरोध छ ।