सेञ्चुरी बैंकको एकैदिन तीन ठाउँमा शाखा विस्तार


खबरस्टोरी संवाददाता
९ बैशाख २०७९, शुक्रबार
सेञ्चुरी बैंकको एकैदिन तीन ठाउँमा शाखा विस्तार
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैदिन थप तीन ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुटै कार्यक्रमहरूका बीच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्।

बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्कीनगरपालिका १ लम्कीबजारमा लम्कीशाखा र बर्दियाको गुलरिया नगरपालिका ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवाप्रारम्भ गरेको हो।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरूमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्ति, उद्यमी व्यवसायी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।