सेञ्चुरी बैंकको पथरी र इनरुवामा दुई वटा नयाँ शाखा


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
सेञ्चुरी बैंकको पथरी र इनरुवामा दुई वटा नयाँ शाखा
काठमाडौं।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा यही जेठ १७ गतेदेखि थप दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मापथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवा शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर  मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुक्तरुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्तरुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटल, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

बैंकले २०७८ चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।