सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले  २२ लाख कित्ता ऋणपत्र आज २१ गतेबाट बिक्री खुल्ला गरेको छ। बैंकले वैशाख २५ गतेसम्म ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो।

बैंकले जारी गरेको ऋणपत्रमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्बसाधारणका लागि र १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी १३ लाख २० हजार कित्ता ऋणपत्र बैंकले आफ्नो पहलमा अन्य बैंक तथा संघसंस्थालाई बिक्री गर्नेछ।

बैंकले १०.५० प्रतिशत ब्याजदर दिनेगरी १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।