सेञ्चुरी बैंङको शताब्दी बचत खातामा उच्चतम ब्याज


खबरस्टोरी संवाददाता
२ बैशाख २०७९, शुक्रबार
सेञ्चुरी बैंङको शताब्दी बचत खातामा उच्चतम  ब्याज
काठमाडौँ। नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ता हितका लागि सेन्चुरी कमर्सियल बैंक लिमिटेडले शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ । 

ग्राहकहरुले वर्षिक ८.०३ प्रतिशतले उच्च ब्याजदरको साथसाथै ७ लाख रुपैयाँ सम्मको निशल्क बीमा सविधा शताब्दी बचत खातामा प्रप्त गर्न सक्नेछन् ।

 यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न  १८ घातक रोगको बीमा र ५ लाख सम्मको दर्घटना बीमाको व्यवस्था रहेको छ । 

शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई मोबाईल बैंकिंग, इन्टरनेट बैंकिंग, भिषा डेबिट काडर्, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निशल्क प्रधान गरिनेछ । 

यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिन्छ साथै ग्राहकहरुलाई शताब्दी खाता खोल्दा बैंकको केन्द्रिय कार्यलयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुबाट विशेष प्राथमिकताको साथ सेवा प्रधान गरिनेछ ।