अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल राजस्व ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ संकलन गरेक छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।