सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौंता


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौंता
काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।सम्झौतापत्रमा सूर्या लाइफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाईफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जरको लागि सम्झौंता गरेपनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले मर्जर सम्बन्धि सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) तयार गर्ने जनाएको छ । सो पश्चात मात्र कम्पनीले मर्जरको लागि स्वाप रेसियो निर्धारण गर्नेछ ।