सूर्यलाइफको सुनवल शाखाबाट मीरा भइन् पहिलो एमडीआरटी


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
सूर्यलाइफको सुनवल शाखाबाट मीरा भइन् पहिलो एमडीआरटी
बुटवल । नवलपरासीको सुनवल नगरपालिकाकी मीरा शर्मा सुर्यालाईफ इन्स्योरेन्सको सुनवल शाखाबाट पहिलो एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) को लक्ष्य पूरा गरेकी छन् ।  

सन् २०२२ का लागि उनी उक्त शाखाबाट उनी पहिलो एमडीआरटीको लक्ष्य पूरा गर्न सफल भएकी हुन् ।


सन् २०२२ का लागि नेपालका एक हजार जनाभन्दा धेरै अभिकर्ताले एमडीआरटी संस्थाले दिएको लक्ष्य पूरा गरेका छन् ।

हरेक अंग्रेजी वर्षको जनवरी १ देखि डिसेम्बर ३० सम्ममा लक्ष्य पूरा गर्नुपर्छ । अन्र्तराष्ट्रिय संस्था एमडीआरटीमा हरेक वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिमसम्म तोकिएको बीमाशुल्क अर्थात पचास करोड बढी बीमांक रकम संकलन गर्न सफल अभिकर्ताहरुले सहभागिता जनाउन सक्दछन् ।

एलआइसी नेपालले सबैभन्दा पहिले एमडीआरटीमा सहभागिता जनाएको थियो । पछिल्लो समय पुराना बीमा कम्पनीसँगै नयाँ बीमा कम्पनीले पनि सो संस्थामा सहभागिता जनाउँदै आएका छन् । अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी रहेका छन् । 

सन् १९२७ मा स्थापना भएको एमडीआरटी (मिलियन डलर राउण्ड टेबल)को मुख्य कार्यालय अमेरिकामा रहेको छ । एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा लिने गरेका छन् । यो संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध छन् । दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताहरुले एमडीआरटी सम्मेलनमा सहभागिता समेत जनाउन पाउने व्यवस्था छ ।