बिसं २०६४ साल बैंशााख सात गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यो अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जानकारी दिएको छ । सातवटै प्रदेशमा फैलिएको एक सय ७४ वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव एक खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ एक खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव एक अर्व ५८ करोड ९६ लाख रुपैंयाँ खुद मुनाफा गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
बैंकले १५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सात वटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रतmदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भएपनि पूराहोस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सात वटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ ।
यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवाप्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवाप्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको बैंकले जानकारी दिएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले भने, मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । साथै आगामीदिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मकरूपमा व्यक्तिगत पहुचमा ल्याईने प्रमुख कार्यकारी पोखरेलले बताए ।
आफ्ना ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहिपनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ । यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिने छ । साथसाथै बैंक भित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ, प्रमुख कार्यकारी पोखरेलले भने ।
ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर कामगर्ने क्रममा नेपालका विभिन्न सेवाप्रदायकहरु सँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहकग्राहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । साथै बैंकले डिजिटल बैकिंलाई उच्चप्राथमिकतामा राख्दै आफ्ना ग्राहकहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको छ र हालसालै बैंकले भौतिक रुपमा बैंकमा उपस्थितभई के.वाई.सी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी सेवा समेत संचालनमा ल्याएको छ । यसका साथै बैंकले नागरिक एपमार्फत अनलाइनखाता खोल्न सक्ने सुबिधाल् याएको छ । साथसाथै बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तह ोस् भन्ने उद्ेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ । आगामीदिनमा डिजिटल बैकिङ्ग सेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको जानकारी दिएको छ ।