सिटिजन्स बैंकको २४ हजार २४३ कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
सिटिजन्स बैंकको २४ हजार २४३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सिटिजन्स बैंकका संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।