गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआईबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबिएल एसले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको जानकारी दिएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।