स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता


खबरस्टोरी संवाददाता
६ बैशाख २०७९, मंगलवार
स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता
काठमाडौं।  विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । 

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । 

एनआइबिएल एस क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायी बीच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।