नेप्सेमा आज दुुई सय २८ वटा कम्पनीहरुको ४० हजार २३ पटक सेयर किनबेच भएको छ । जसअनुसार ५२ लाख २७ हजार तीन सय ५९ कित्ता सेयर किनबेच हुंदा कुल दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार दुई सय ७३ रुपैंयाँको सेयर कारोबार हुन पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल १३ वटा समुहहरु मध्ये उत्पादनमुलक र अन्य समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये जाल्पा लघुवित्त वित्तीय संस्था, युनियन नेपाल हाईड्रो पावर लिमिटेड आदिले कमाएका छन् भने सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, युनियन लाईफ इन्स्योरेन्स कम्पनी, प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट, राधी जलबिद्युत कम्पनी आदि परेका छन् ।