खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउदै आएको छ । उक्त सम्झौताले खेलाडीहरुमाझ खेलप्रति झनै धेरै उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरुले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।