आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तान, प्रायोरिटि बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि) पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ, युएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो सेयर, सि आस्वा, प्रिपेड युएसडी इ–कम कार्ड निशुल्करुपमा उपलब्ध हुने छ ।
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ । यो खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा पनि सम्र्पक गर्न सकिने बैंकले जानकारी दिएको छ ।