सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने सम्झौता


खबरस्टोरी संवाददाता
१२ चैत्र २०७८, शनिबार
सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने सम्झौता
काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा.यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । 

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्‍याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । 


बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्चप्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।