सिद्धार्थ इन्स्योरेन्सको २० औं साधारणसभा सम्पन्न


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
सिद्धार्थ इन्स्योरेन्सको २० औं साधारणसभा सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कम्पनीको २० औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । 

आ.व. २०७७–०७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आ.व.को साधारणसभाको दिनसम्म कम्पनीले एक अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरीसकेको जानकारी गराइयो । 

सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ करोडकोे १५ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ शून्य दशमलव ७८ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।