सिद्धार्थनगर नगरपालिकालाई महालक्ष्मी विकास बैंकको डस्टविन


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
सिद्धार्थनगर नगरपालिकालाई महालक्ष्मी विकास बैंकको डस्टविन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले भैरहवाको सिद्घार्थनगर नगरपालिकालाई डस्टबिन वितरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत रुपन्देही जिल्लाको सिद्घार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ । बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको हो । 

नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी गराए । 

नगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् । 

सोहि कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । 

स्थानीय नगर वरपर फोहरमैला व्यवस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ । 

बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरुमात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।