सेयर बजारमा ३७ अंकको पहिरो, सबै सुचक रातै


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
सेयर बजारमा ३७ अंकको पहिरो, सबै सुचक रातै
काठमाडौं । सेयर बजारमा आज पनि पहिरो गएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा खृुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको ३४ हजार दुई सय ६० पटकको कारोबारमा ४६ लाख ७४ हजार नौं सय ४० कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार चार सय ७३ रुपैंयाँ पुुगेको छ । 

नेप्सेमा कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा समेतका १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो भएको छ । 

कारोबार भएका कम्पनीहरु मध्ये भने आज जाल्पा लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक आदिले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, किसान लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलबिद्युत कम्पनी आदिले गुमाएका छन् । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी, नविल बैंक, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएको छ ।