सेयर बजारमा हरियाली, एकैदिन ९५ अंकले वृद्धि


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
सेयर बजारमा हरियाली,  एकैदिन ९५ अंकले वृद्धि
काठमाडौँ।  साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उछाल आएको छ।  आज शेयर बजार परिसूचक नेप्से ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

आज कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् । 

आज बेस्ट फाइनान्स, नेशनल हाइड्रोपावर लगायतका १२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने  चार वटा कम्पनीको शेयर भने घटेको छ ।