आज दुई सय २४ वटा कम्पनीहरुको २८ लाख एक सय १३ पटकको कारोबारमा ३२ लाख ५३ हजार आठ सय १६ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४६ करोड सात लाख ७३ हजार सात सय २९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, सहितका १२ वटा समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिले कमाएका छन् भने युनाईटेड इदी मर्दी हाईड्रो पावर लिमिटेड, सामलिङ पावर लिमिटेड आदिले गुमाएका छन् ।
यसैगरी आज सुर्या लाईफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।