सेयर बजारमा दोहोरो अंकले गिरावट


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
सेयर बजारमा दोहोरो अंकले गिरावट
काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज १५ दशमलव ८२ अंकले घटेर २२ सय २३ दशमलव ७८ अंकमा खुम्चिएको छ । 

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव चार अंकले घटेर चार सय ३३ दशमलव सात अंकमा खुम्चिएको छ । दुई सय २३ वटा कम्पनीहरुको २१ हजार नौं सय चार पटकको कारोबारमा आज ४१ लाख ४० हजार छ सय ६५ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब २९ करोड ८९ लाख पाँच हजार पाँच सय ९० रुपैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको छ । जसमध्ये होटल तथा पर्यटन समुहको सुचक बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, सहितका १२ वटा समुहको सुचक घटेका छन् । 

कारोबार भएका कम्पनीहरु मध्ये आज रुरु जलबिद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । प्रभु बैंकको संस्थापक सेयर, मेगा बैंक आदिको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।