नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने एनसीसी बैंकको ऋणपत्र, समता लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । सिद्धार्थ इन्स्योेरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, नबिल बैंक आदिको भने आज बढी रकम कारोबार भएको छ ।