शुक्रबार पाँच सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
शुक्रबार पाँच सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ।  सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ । चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।