तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ।  साताको पाँचै कारोबार दिन आज (बिहीबार) स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्यमा भने भारी गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेकोमा बिहीबार बढेर ९९ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, ९८ हजार रुपैयाँ प्रतितोला कायम रहेको तेजावी सुन आज बढेर ९८ हजार ५०० रुपैयाँ पुगेको छ । 

यता बुधबार प्रतितोला एक हजार ३३५ रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार २३४ रुपैयाँ कायम भएको छ ।