सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
सुनको मूल्य  ८०० रुपैयाँले बढ्यो, तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य प्रति तोलामा ८०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सुनको मुल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको  १२ सय ८५ रुपैयाँ छ । हिजो यसको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।