त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडानहरु प्रभावित


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडानहरु प्रभावित
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान तथा अवतरणहरु प्रभावित भएका छन् ।

कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएको र आकाश पुर्ण रुपमा खुल्न सकेको छैन् ।जसका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।

गत सोमबार देखि कम भिजिबिलिटीका कारण नियमित उडानहरु  प्रभावित बनेका छन् ।