क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ८१ अंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको २२ हजार आठ सय ७४ पटकको कारोबारमा ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकमक एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी समुहको सुचक घटेको देखिएपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीनव बीमा, लघुबित्त सहितका १२ वटा समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् ।
यसैगरी आज न्यादी ग्रुप पावर लिमिटेड, लिर्वर्टी इर्नर्जी कम्पनी, तारागाउँ रेजिन्सी होटल, आदिले कमाएका छन् भने मेगा म्यचुअल फण्ड १, घलेम्दी हाईड्रो पावर कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिले गुमाएका छन । कुमारी बैंक, न्यादी ग्रप पावर लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।