दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नको लागि प्रस्ताव मागेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दे राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुसँग उक्त प्रस्ताव माग गरेको हो । 

बिभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुमा लगानी गर्न लागिएको हो । रकम लगानीको अवधि २०७९ जेठ तीन गतेदेखि बि.सं. २०८० जेठ २ गतेसम्म रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी मुुद्धती निक्षेपकोरुपमा लगानी गरिने कुुल रकम मध्येमा बाणिज्य बैकहरुको लागि एक अर्ब ६० करोड पाँच लाख, बिकास बैंकहरुको लागि ३० करोड र फाइनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ छुट्याइएको छ । 

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही बैशाख २० गते अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्ने छ । 

यस अन्र्तगत प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् । 

यस्ताे छ सूचना