दश हजार रुपैंयाँमा शिक्षक विद्यार्थी लक्षित इलेक्ट्रिक स्कुटर योजना


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
दश हजार रुपैंयाँमा शिक्षक विद्यार्थी लक्षित इलेक्ट्रिक स्कुटर योजना
काठमाडौं । बज्र ग्रुप अन्तर्गत इभी नेपाल मोटर्सले लेभ्निङ ब्राण्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैंयाँमा उपलब्ध गराउने भएको छ । तपाइको गोजीमा कति छ भन्ने स्किम अन्तर्गत १० हजार रुपैंयाँँमा लेभ्निङ स्कुटर शिक्षक तथा विद्यार्थीले पाउने छन् । 

साथै नबिल बैंकको शुन्य प्रतिशत ब्याज मा पनि स्कुटर किन्न सक्नेछन् । नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैंयााँ छुट गरिएको छ । शिक्षक तथा विद्यार्थीको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने हुनालेकम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दश हजार वा शुन्य प्रतिशत स्किम मा लेभ्निंग ब्राण्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागु गरेको हो । 

बिद्यार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यास को सुविधा पनि रहेको छ । यो स्किम सिमित अवधिको लागि मात्र लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।