काठमाडौँ। चालु आर्थिक वर्षको दश महिनामा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । गत वर्ष २०७८ साउनदेखि २०७९ वैशाखसम्मको समयमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
नेपालले सो अवधिमा १४ करोड ७५लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ ।