नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको ६२ हजार एक सय ६४ पटक सेयर कारोबार भएका छन् । जसअन्र्तगत ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम चार अर्ब ८९ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये निर्जिवन बीमा समुहको सुचक एक सय ३३ अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् ।
यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये जीवन बिकास लघुवित्त वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी आदिले कमाए पनि मल्टीपर्पोस फाईनान्स, घलेम्दी हाईड्रो पावर कम्पनी आदिले भने गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लगायतका कम्पनीहरु परेका छन् ।