बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा संचालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरेका थिए ।
बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।