वायु सेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी, कर्मचारीहरु आन्दोलित


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
वायु सेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी, कर्मचारीहरु आन्दोलित
काठमाडौं– नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीले तालाबनदी गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको विषयको सूचना मिडियामा लगेको भन्दै अधिकारीले निगममा कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए। मन्त्री आलेले अधिकारीलाई अनावश्यक मान्छे साउदी अरब उडानमा लगेको र निजी कम्पनीलाई जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेका थिए।

सोही विषयलाई लिएर उनको कार्यकक्षमा ताला लगाउँदै राजीनामा माग सहित नेपाल वायुसेवा निगम कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।अधिकारी केही दिनअगाडि मात्रै ओझालाई आफ्नै कार्यकक्षमा बोलाएर जागिरसमेत खाइदिने धम्की दिएका थिए। फेरि आज दोस्रो पटक अधिकारीले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर धम्की दिँदैगर्दा ओझा बेहोस भएका थिए।