यूएसएआइडी र विश्व बैकले नेपाललाई १ खर्ब रकम दिने


खबरस्टोरी संवाददाता
२ बैशाख २०७९, शुक्रबार
यूएसएआइडी र विश्व बैकले नेपाललाई १ खर्ब रकम दिने
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगले ठूलो राशीको अनुदान सहायता दिने भएको हो। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीले नेपाललाई ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदानमा दिने भएको छ ।जुन रकमलाई नेपाल सरकारले स्वीकार गर्नेे भएको छ ।

रकमको हिसाबमा यो अनुदान एमसीसीभन्दा ठूलो हो। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५० करोड अमेरिकी डलर अर्थात् करिब ५७ अर्ब रुपैयाँबराबर अनुदान थियो। यो सहयोग नेपालमा विद्युतीय प्रसारणलाइन र सडक निर्माणसम्बन्धी परियोजनामा खर्च हुँदै छ। 

अर्थ मन्त्रालयका अनुसार यति ठुलो राशिको रकम कुन परियोजनामा  खर्च गर्ने भन्ने विषय भने टुङ्गो लगाउन बाँकी छ। यो सहायता ५ वर्षको लागि हो। 

यो सहायता स्वीकार गर्ने सम्बन्धमा बुधबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो।बुधबारको बैठकले नै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकन डलर (१८ अर्ब) सहुलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। सहुलियत दरको यो ऋण सरकारले तत्काल पाउनेछ।