यूनाइटेड इन्स्योरेन्स थर्ड इर्मजिङ एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
यूनाइटेड इन्स्योरेन्स थर्ड इर्मजिङ एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित
काठमाडौं।  भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको एशिया स्तरको थ्रड इर्मर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस २०२१ मा नेपालको बेष्ट जनरल इन्स्योेरेन्स कम्पनी अफ दि एयर अवार्डबाट यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेड सम्मानित भएको छ । 

उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिहिन् । विश्वविख्यातप्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पि. डब्लु. सी ले स्वतन्त्ररुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाकांकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । 

कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत एफवाई २०२१ मा सर्वप्रथम एक अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैं उक्त सफलता हात पार्नका लागि साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनीहरु, ग्राहकमहरु, नियामक निकाय बीमा समितित था कोविडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरे ।