२० युनिटसम्म विद्युत महशुल निःशुल्क, सिँचाइका लागि साढे ३३ अर्ब विनियोजन


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
२० युनिटसम्म विद्युत महशुल निःशुल्क, सिँचाइका लागि साढे ३३ अर्ब विनियोजन
काठमाडौं । सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिए ।