यस्तो आजको विदेशी मुद्राको विनिमय दर


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
यस्तो आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलब १८ पैसा र विक्री दर १२६ दशमलब ७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा  र विक्री दर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलब ७६ पैसा र विक्री दर ८६ दशमलब १७ पैसा रहेको छ ।

जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । विक्री दर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा  विक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ । 

कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । विक्री दर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र विक्री दर ३३ दशमलब ७९ पैसा रहेको छ ।