एकैदिन २ सय नाघ्यो कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
एकैदिन २ सय नाघ्यो कोरोना संक्रमण
काठमाडौं । केही समययता कोरोना संक्रमण बढिरहेको छ । केही दिनयतादेखि हरेक दिन झण्डै एक सयको हाराहारीमा संक्रमण पुष्टी हुँदै आएकोमा बुधबार देशभर संक्रमण दोब्बर भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ८२ जनाको पीसीआर र १ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर १ हजार ५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

बुधबार कोरोना संक्रमणबाट मृत्यु शून्य हुनुका साथै ४५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।