काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १६४८ सक्रिय संक्रमित छन्। 

काठमाडौंमा ५४८, भक्तपुरमा ४८१ र ललितपुरमा ६१९ सक्रिय संक्रमित छन्।