काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा संक्रमण


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा संक्रमण
काठमाण्डौ। काठमाण्डौ उपत्यकामा १७ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनामा हैजा देखिएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको भएपनि नआत्तिन र मुख्य हैजाबाट जोगिन खानपानमा ध्यान दिन समेत उनले आग्रह गरेका छन् ।