टेकु अस्पतालका ६० स्वास्थ्यकर्मी संक्रमित, खोप कार्यक्रम बन्द


खबरस्टोरी संवाददाता
१० माघ २०७८, सोमबार
टेकु अस्पतालका ६० स्वास्थ्यकर्मी संक्रमित, खोप कार्यक्रम बन्द

काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा अस्पतालमा यत्तिका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिएनन् ।

स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । 'थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ,' उनले भने ।