थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर तथा एन्टीजेन गरी कूल २ हजार ७७१ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १९ जना कोरोनासंक्रमण मुक्त भएका छन् । नेपालमा हाल २४३ जना कारोनाका सक्रिय संक्रमित रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।