उपत्यकामा हैजाका बिरामीको संख्या १९ जना पुग्यो


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
उपत्यकामा हैजाका बिरामीको संख्या १९ जना पुग्यो
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। 

योसँगै उपत्यकामा बिरामीको संख्या १९ जना पुगेका छन् । उनले ती दुवै बालकलाई  स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए ।