उपत्यकामा थपिए १६४ कोरोना संक्रमित


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
उपत्यकामा थपिए १६४ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप  १६४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, काठमाडौंमा १३७, भक्तपुरमा चार र  ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । 

आज देशभर रहेका एकहजार १७१ जना सक्रिय संक्रमितमध्ये एकहजार १४८ जना होम आइसोलेसनमा र २३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये १४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।