१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप सोमबार नेपाल आइपुग्ने


खबरस्टोरी संवाददाता
५ कार्तिक २०७८, शुक्रबार
१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं।  गाभीले उपलब्ध गराउने भनेको  कोरोना विरुद्धको फाइजर खोप साेमबार नेपाल आइपुग्ने भएको छ। १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिन मिल्ने उक्त खोपको १ लाखभन्दा बढी डोज नेपाल ल्याउन लागिएको हो ।

तर उक्त खोप कुन समूहलाई दिने भन्ने विषयमाथि भने छलफल भइरहेको बताइएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप भण्डारणका लागि युनिसेफले १०० लिटर  क्षमताको ४ वटा फ्रिज  उपलब्ध गराइसकेको छ।

फाइजरको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ३ गतेसम्म चल्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखाले जनाइएको छ।