अमेरिकी राष्ट्रपति बाइडेन साइकल चलाउँदा लडे


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
अमेरिकी राष्ट्रपति बाइडेन साइकल चलाउँदा लडे
एजेन्सी। छुट्टी मनाउन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल  चलाउँदा लडेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ७९ वर्षीय बाइडेन शनिबार डेलावेयरको रेहोबोथ बिचमा साइकल चलाउने क्रममा लडेका हुन्। 

समर्थकहरूलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढेका थिए। साइकलबाट लड्दा उनलाई चोट भने लागेको छैन।  लड्नासाथ उनी उठेका थिए।

‘मलाई केही भएको छैन,’ उनले भने।  

साइकलबाट लडेको घटनापछि बाइडेनले उपस्थित समर्थकहरूसँग केही मिनेट कुराकानी गरेका थिए।