भारतको मणिपुरमा पहिरोमा परी ६० जना पुरिए, सेनासहित १४ को शव निकालियो


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
भारतको मणिपुरमा पहिरोमा परी ६० जना पुरिए, सेनासहित १४ को शव निकालियो
एजेन्सी । भारतको मणिपुरमा केही दिनदेखि अरिवल वर्षाका कारण पहिरो जाँदा ठूलो घटनाहरु सार्वजनिक भइरहेका छन् । बुधबार राति नोनी जिल्लाको तुपुल रेलवे स्टेसन नजिक पहिरो जाँदा एक सय सात जना सवार आर्मी क्याम्प पुरिएको छ । 

जसमा परी कम्तीमा ३० देखि ४० सेना पुरिएको जनाइएको छ । त्यहाँबाट २३ जनालाई अहिलेसम्म बाहिर निकालिएको छ । यसबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले आपतकालीन बैठक बोलाएका छन् । घाइतेको उपचारका लागि चिकित्सकको टोली घटनास्थलमा पुगेको छ ।अहिलेसम्म कति जना पुरिएका छन् भन्ने यकिन भएको छैन । 

उक्त पहिरोमा स्थानीय, सेना, रेल्वे कर्मचारी तथा मजदूरहरु गरी ६० जना पुरिएको आशंका गरिएको छ ।