भारतमा थप १८ हजारमा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
भारतमा थप १८ हजारमा  कोरोना संक्रमण
एजेन्सी। भारतमा पछिल्लो  २४ घण्टामा १८ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। २४ घण्टाभित्र भारतमा १८ हजार २५७ कोरोना संक्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

हाल भारतमा १ लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् भने यो कुल सङ्क्रमितको ०.३० प्रतिशत रहेको छ। भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख भन्दा बढी पुगीसकेको छ। पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।